राजनीति


सुशासन र सेवा प्रवाहमा सुदृढीकरण सरकारको प्रमुख लक्ष्यः गृहमन्त्री अर्याल

सुशासन र सेवा प्रवाहमा सुदृढीकरण सरकारको प्रमुख लक्ष्यः गृहमन्त्री अर्याल

नेपालखबर
पुस १५, २०८२ मंगलबार २०:८, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन्।

मंगलबार मोरङको विराटनगर आइपुगेका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनु पर्छ भन्ने प्रमुख मान्यताका साथ यो सरकारले काम गरिरहेको बताए। 

गृहमन्त्री अर्याल भोलि बुधबार हुने एक दिने कोसी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि मंगलबार यता आइपुगेका हुन्। मोरङस्थित बुधनगरमा सन् २०२० बाट सञ्चालनमा आएको नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीको स्थलगत निरीक्षणपछि मन्त्री अर्यालले सो धारणा व्यक्त गरेका हुन्। अहिलेको सरकारको अर्को प्रमुख कार्यभार भनेको शान्ति सुरक्षाको पूर्ण प्रत्याभूतिसँगै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको मन्त्री अर्यालले बताए।

शान्ति सुरक्षाको प्रत्याभूति बिना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन नसक्ने बताउँदै मन्त्री अर्यालले गृह प्रशासनले अहिले शान्ति सुरक्षा नै सबै विषयको पहिले शर्त हुने भएकोले त्यसतर्फ सचेत भई आफ्ना रणनीति तय गरेको पनि स्पष्ट पारे।

एक सय २९ बिगाहामा फैलिएको एकीकृत जाँच चौकीमा छुट्टै सुरक्षा फौजको लागि भएको मागका सम्बन्धमा त्यसमा सरकारको ध्यानाकार्षण भएकोसमेत उनले बताए। त्यसका लागि गृह मन्त्रालयले अन्तर मन्त्रालय तथा कार्यालयसँग कुरा गरेर सुरक्षा फौजका लागि प्रयास गरिने समेत बताए। 

यस्तै, आजै गृहमन्त्री अर्यालले मोरङको जिल्ला प्रशासन कार्यालयको जेनजी आन्दोलनपछि खरानी भएर पुःमर्मत गरी सेवा सुचारु गरेको भवनको निरीक्षण गरे। सो क्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आन्दोलनमा जलेका भौतिक संरचनाको जानकारीका साथै मन्त्रालयले प्राथमिकतामा राखेर सेवा दिएका विषयहरूबारे ब्रिफिङ गरेका थिए।

यस्तै, मन्त्री अर्यालले आजै कोभिड–१९ मा नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टरको समेत निरीक्षण गरे। हाल यो होल्डिङ सेन्टर सेनाको निगरानीमा यतिकै खालि अवस्थामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad