कारोबार


विद्युत् नियमन आयोगको अध्यक्षमा आवेदन दिएकाहरूको ‘सर्टलिस्ट’ सार्वजनिक

विद्युत् नियमन आयोगको अध्यक्षमा आवेदन दिएकाहरूको ‘सर्टलिस्ट’ सार्वजनिक

नेपालखबर
असार ३, २०८३ बुधबार २१:१०, काठमाडौँ

विद्युत् नियमन आयोगको अध्यक्षमा आवेदन दिएकाहरूको सर्टलिस्ट (अल्पसूची) सार्वजनिक गरिएको छ।

विद्युत नियमन आयोगका अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले बुधबार सूचना जारी गर्दै ७ जनाको नाम सार्वजनिक गरेको हो।

उम्मेदवारहरूको आवश्यक न्युनतम शैक्षिक योग्यता र कार्य अनुभव पूरा गरेका एवं व्यावसायिक कार्ययोजनाको मूल्यांकनका आधारमा सूची सार्वजनिक गरिएको समितिले जनाएको छ।

केशवध्वज अधिकारी, रामप्रसाद धिताल, मधुप्रसाद भेटुवाल, मोतीबहादुर कुँवर, डा. मधुसुधन अधिकारी, डा. भोला शर्मा घिमिरे र नारायणप्रसाद सापकोटाको नाम कार्ययोजना प्रस्तुति र अन्तरवार्ताका लागि छनौट भएको हो।

उनीहरूलाई असार ६ गते शनिबारका दिन अन्तर्वार्ताका लागि बोलाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad