कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालका अध्यक्ष नै आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेका छन्।
सोमबार घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेका थिए। रास्वपा सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो पार्टीका संयोजक घिसिङबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
त्यसपछि रास्वपाले तीनै पक्षका नेतालाई समेटेर ११० जना उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ। त्यसमा उज्यालो पार्टीबाट १८ जना उम्मेदवार छन्।
उज्यालो पार्टीबाट अध्यक्ष अनुपकुमार उपाध्यायलाई समानुपातिक सूचीमा राखिएको छ। उनी खस आर्य पुरुषतर्फ सूचीमा छन्।
त्यस्तै, उज्यालोबाट डा. महेन्द्र लावती, धर्मलाल तामाङ, माया डोल्मा लामा, तुलसा वाइबा, लाक्पा फुटी शेर्पा, त्रीशाला गुरुङ, देवकी पौडेल, दुर्गाबहादुर घिमिरे, कुमारराज सुवेदी, सीतादेवी पाण्डेय, सरला लामिछाने, रिमा विश्वकर्मा, राजदेव राम, अभिषेकराज सिंह, मनिषा कुमारी, सोमप्रसाद चौधरी र बालिका चौधरी छन्।
यो पनि पढ्नुहोस् :
Shares

प्रतिक्रिया