नेकपा (एमाले) पुनर्गठनका लागि सुझाव संकलनका क्रममा आज लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल सुरु गरिएको छ।
बिहीबार कपिलवस्तुको चन्द्रौटामा प्रदेशस्तरीय भेला सुरु भएको छ। भेलामा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलन गरिने भएको एमालेले जनाएको छ।
भेलामा एमालेको सुझाव संकलन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, कार्यदलका सदस्यहरू विष्णुप्रसाद पौडेल, छविलाल विश्वकर्मा, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट सहभागी छन्।

त्यस्तै, एमालेका लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्ता र बुद्धिजिवी उपस्थित छन्। उनीहरूसँग सुझाव लिने क्रम जारी रहेको एमालेले जनाएको छ।
यसअघि कार्यदलले कोसी प्रदेशका नेता तथा कार्यकर्तासँग सुझाव लिएको थियो। कार्यदलले सातै प्रदेशमा पुगेर सुझाव संकलन गर्ने कार्यक्रममा रहेको छ।

Shares

प्रतिक्रिया