एक दशकभन्दा बढी समय अमेरिकी टेलिभिजन सीएनएनमा काम गरेकी सुम्निमा उदास राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेकी छन्। द्वन्द्वग्रस्त स्थानमा पुगेर कठिन रिपोर्टिङ गरेकी उनले न्यूयोर्क, हङकङसहितका ठाउँबाट पनि सीएनएनलाई काम गरेकी थिइन्।
दिल्लीमा रहेर उनले दक्षिण एसिया सम्वादाताको भूमिका निर्वाह गरेकी थिइन्। सन् २०१२ को दिल्लीमा भएको निर्भया बलात्कार काण्डमा उनले गरेको कभरेजले अन्तर्राष्ट्रिय स्तरमा ठूलो प्रभाव पारेको थियो। त्यसका लागि ‘सिने गोल्डेन ईगल अवार्ड’ समेत जितेकी थिइन्।
पछि उनले ‘सीएनएन सिल्क रोडस् विगत, वर्तमान र भविष्य’ कार्यक्रमको प्रोड्युसर र प्रोस्तोता भएर काम गरिन्।

निर्वाचन आयोगमा रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा उनको नाम जनजाती महिला सूचीको तेस्रो नम्बरमा छ।
पत्रकारिताबाट विश्राम लिएपछि उनी काठमाडौँ फर्किइन्। लुम्बिनी म्युजियम स्थापना गरिन्। लुम्बिनी म्युजिमकी सञ्चालक उनी विपश्यना ध्यानको अध्यास गर्छिन्। बुद्ध विद्याबाट प्रभावित उनले म्युजियमको विकास केवल वस्तुहरुको संरक्षण मात्र नभई अध्यात्मिक केन्द्र बनाउने सोचको उपज भएको बताउने गरेकी छन्।
बुवाको अन्तर्राष्ट्रिय कामले फरक-फरक देशमा हुकाई
सुम्मिनाका पिता भीम कुशल कूटनीतिज्ञका रुपमा चिनिन्छन्। बुवाले आफ्नो पोस्टिङ हुँदा छोरीलाई साथै लैजाँदा उनको हुकाई बेलायत, स्वीट्जरल्यान्ड, इटाली, अमेरिका, पाकिस्तान, जोर्डन, रूससहितका देशमा हुनपुग्यो। अहिले उनमा देखिने सुक्ष्म अन्तर्राष्ट्रिय दृष्टिकोणको पछाडि हुकाई पनि एउटा कारण मानिन्छ। उनले अक्सफोर्ड युनिभर्सिटीबाट डिग्री गरेकी छन्।
सुम्निमाको रास्वपाको सम्बन्ध पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका कारण जोडिएको हो। अर्थतन्त्र र अन्तरदेशीय व्यापार विश्लेषणका लागि विज्ञ मानिने वाग्ले नेपाली कांग्रेस छोडेर रास्वपा प्रवेश गर्दा र पार्टीको नीतिगत दस्तावेज तयार पार्दा सुम्निमा उदासले बौद्धिक सल्लाह र लेखनमा सहयोग गरेकी थिइन्।
विश्व प्रसिद्ध विश्वविद्यालयको अध्ययन, सीएनएनसँग जोडिने उनको अन्तर्राष्ट्रिय व्यक्तित्व, अन्तर्राष्ट्रिय सम्बन्धको विज्ञता रास्वपाका लागि उपयोगी हुने विश्वास गरिएको छ।
यो पनि पढ्नुहोस् :
- यी हुन् रास्वपाले समानुपातिकको बन्दसूचीमा राखेका ११० उम्मेदवार (नामावली)
- रविको चुनाव क्षेत्र रहेको चितवनबाट समानुपातिक सूचीमा २१ जना, खस आर्यमा ५० प्रतिशत चितवनकै
- उज्यालो पार्टीका अध्यक्ष नै रास्वपाको समानुपातिक उम्मेदवार
- रास्वपाबाट समानुपातिक सांसद बन्ने लाइनमा व्यवसायी पनि
- यी हुन् रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका ७ सेलेब्रिटी
- रास्वपा नेतृत्वलाई महेन्द्र लावतीको फोन- समानुपातिकबाट मेरो नाम हटाइदिनू
- रास्वपाले सुदूरपश्चिमलाई उपेक्षा गरेको गुनासो, समानुपातिकमा कञ्चनपुरका २ जना मात्रै
Shares

प्रतिक्रिया