राजनीति


प्रधानमन्त्रीलाई कटाक्ष गर्दै शेखर कोइरालाले भने- यस्तै रहेछ यहाँको चलन...

प्रधानमन्त्रीलाई कटाक्ष गर्दै शेखर कोइरालाले भने- यस्तै रहेछ यहाँको चलन...

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८२ मंगलबार ८:१८, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रष्टाचार आरोप लागेका मन्त्रीलाई काखी च्यापेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। 

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् उनले मन्त्रीहरूले गर्ने भ्रष्टाचारमा कर्मकाण्डी शैलीमा राजीनामा मात्रै मागेको भन्दै प्रतिपक्षी दलको पनि आलोचना गरेका छन्। 

‘मन्त्री क्वाटरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्। आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद् बैठकमा भाग लिन्छन्,’ भ्रष्टाचार आरोप लागेका एमाले नेतासमेत रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई इंगित गर्दै कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ।’

घुस डील प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सोमबार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। त्यसपछि उनी सोमबार साँझ आयोजित मन्त्रिपरिषद् बैठकमासमेत सहभागी भएका थिए। 

घुस डील प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्नेमा काखी च्यापेको भन्दै अहिले प्रधानमन्त्री ओलीको आफ्नै दलका सांसद र नेतालेसमेत आलोचना गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad