राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय निर्वाचन समितिले पार्टी केन्द्रीय सदस्यको निर्वाचन अहिले साढे १० बजेदेखि भोलि विहान १० बजेसम्म हुने जनाएको छ।
केहीबेरअघि सूचना प्रकाशित गरी निर्वाचन समितिले सो जानकारी दिएको हो।
यसअघि पटक पटक निर्वाचनको समय तालिका फेरबदल हुँदै आएको थियो।
रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी परेको छ।
विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ।
36
Shares

प्रतिक्रिया