राजनीति


महाधिवेशन बहिष्कार गरेका अमरेशले रविलाई यसरी दिए बधाई

महाधिवेशन बहिष्कार गरेका अमरेशले रविलाई यसरी दिए बधाई

नेपालखबर
असार १०, २०८३ बुधबार १०:७, काठमाडौँ

आफ्नो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी नभएका सांसद अमरेशकुमार सिंहले नवनिर्वाचित पार्टी सभापति रवि लामिछानेलाई शुभकामना दिएका छन्। 

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनले मंगलबार लामिछानेलाई निर्विरोध सभापति पदमा दोहोर्‍याएको हो। सभापति पदमा अरू कसैले उम्मेदवारी नदिएपछि रास्वपाको निर्वाचन आयोगले उनलाई निर्विरोध चुनिएको घोषणा गरेको हो। 

मन्त्री चयनका बेलादेखि असन्तुष्ट अमरेशले महाधिवेशन बहिष्कार गरे पनि सामाजिक सञ्जालमार्फत रविलाई बधाई दिएका हुन्। 

उनले लेखेका छन्, ‘रास्वपाको पहिलो महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित हुनुभएका मा. रवि लामिछानेज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। उहाँको नेतृत्वमा लोकतन्त्र र सुशासन संस्थागत हुने पूर्ण विश्वास लिएको छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad