समाज


निर्वस्त्र भएर मध्यराति घाटमा अश्लील हर्कत गरेको आरोप, ४ जना तत्कालै पक्राउ

निर्वस्त्र भएर मध्यराति घाटमा अश्लील हर्कत गरेको आरोप, ४ जना तत्कालै पक्राउ

नेपालखबर
असार १०, २०८३ बुधबार ९:२९, काठमाडौँ

सार्वजनिक स्थलमा अश्लील हर्कत गरेको आरोपमा मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 

गएको राति करिब साढे १२ बजेतिर विराटनगर महानगरपालिका- १ परोपकार घाटस्थित दाह संस्कार गर्ने ठाउँमा बसेर अश्लील हर्कत गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल्य मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। 

पक्राउ परेकामध्ये २ जना निर्वस्त्र रहेका प्रहरीले जनाएको छ। उनीहरू मध्यराति घाटमा जम्मा भएर होहल्ला गर्दै अश्लील हर्कत गरेको सूचनाको आधारमा पुगेको प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा विराटनगर-६ का ४४ वर्षीय सुरेन्द्र मणि मण्डल, सुनसरीको रामधुनी नगरपालिका- ६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ बस्ने १८ वर्षीय मानिस काफ्ले र विराटनगर-४ का ४४ वर्षीय छबिलाल घिमिरे छन्। 

उनीहरूलाई मोरङ प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad