राजनीति


‘घुस डिल’ प्रकरणमा मुछिएका मन्त्री गुप्ता प्रधानमन्त्री निवासमा

के हो मन्त्री गुप्ताको ‘घुस डिल’ प्रकरण?
‘घुस डिल’ प्रकरणमा मुछिएका मन्त्री गुप्ता प्रधानमन्त्री निवासमा

नेपालखबर
असार ३०, २०८२ सोमबार १०:४७, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। 

घुस डिल प्रकरणमा मुछिएका उनी सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

घुस मागेको अडिओ सार्वजनिक भएपछि गुप्ता चौतर्फी दबाबमा परेका छन्। उनी राजीनामा दिने मनस्थितिमा पुगेका बताइएको छ। त्यसकै परामर्शका लागि उनी प्रधानमन्त्रीकहाँ पुगेको स्रोतले जनाएको छ।  

मन्त्री गुप्ता सत्तारुढ एमालेकै नेता हुन्। २०७९ सालको निर्वाचनमा उनी पर्सा क्षेत्र नम्बर ३ बाट कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै विजयी भएका थिए। 

के हो टेप प्रकरण?  
२०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकम समेत बुझेको अडिओ केहीदिनअघि मात्र सार्वजनिक भएको थियो।
मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडिओ बाहिरिएको थियो। 

उनले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी समेत परेको छ। यसबारे अख्तियारले समेत छानबिन गरिरहेको सूचना पाएपछि मन्त्री राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। तर, आफूले कुनै गल्ती नगरेको दाबी उनको छ।

‘यसमा मेरो कुनै संलग्नता छैन, मैले कसैको एक रुपपैयाँ खाएको पनि छैन।कसैले मलाई दिएको पनि छैन। पैसा राखेको फोटो बाहिर ल्याइएको छ, जुन टेबल हो, त्यस्तो टेबलपनि मेरो मन्त्री क्वाटरमा छैन,’ उनले दाबी गरे, ‘कसले दियो व्यक्तिको पनि नाम उल्लेख छैन।कोही त व्यक्तिले दिएको होला पैसा। अब यो केही कुन बेला कुन प्रसङ्गमा रेकर्ड गरिएको छ, तर मैले त्यो सुरुवातमा त्यस्तो बोलेकै छैन।
त्यो बोल्ने औचित्य र आवश्यकतै छैन। सरुवाको कुरा गरिया छ, तर, न मैले कसैलाई तानेको छु, न कसैलाई पठाएको छु। केही गरेकै छैन। यसरी यो सुनियोजित ढंगले आएको छ। त्यो रेडियामा बोलेको कुरा पनि मेरो होइन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad