सुनचाँदीकै भाउ आज थप घटेको छ। मंगलबार घटेको दुवै घातुको भाउ आज थप घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ आज तोलामा ३ हजार ६ सय घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको छ।
हिजो १ हजार ६ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको २ लाख ८७ हजार १ सय कायम भएको थियो।
गत शुक्रबार सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँ घटेको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।
तोलामा १०५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ४ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
हिजो तोलामा १४० रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ५९० रुपैयाँ कायम भएको थियो।
गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
Shares

प्रतिक्रिया