राजनीति


संसद्‌मा सुमान श्रेष्ठको प्रश्न: यो सरकारसँग तस्करहरू किन डराएका छैनन्?

संसद्‌मा सुमान श्रेष्ठको प्रश्न: यो सरकारसँग तस्करहरू किन डराएका छैनन्?

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८२ आइतबार १३:५१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले वर्तमान सरकारसँग तस्करहरू नडराएको भन्दै टिप्पणी गरेकी छन्। आइतबारको प्रतिनिधिसाको बैठकलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीको हालै सम्पन्न स्पेन भ्रमणको विषयलाई जोड्दै यस्तो बताएकी हुन्।  

उनले भनिन्, 'हामीले उठाउँदै आएको विषय स्पेनकोको केसले झन् पुष्टि गर्‍यो आन्दोलन हुदै बेला पनि बिचौलियाहरूलाई। न डर, न भय, न संकोच। कसको अकरमण्यताले गर्दा यस्तो आँट मानव तस्करहरूमा पलाएको हो? सदनको गरिमा त निलो रिबनमा भन्दा यसमा खोज्नु पर्ला। देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी?,' उनले प्रश्न गर्दै भनिन्। 

उनले यसअघि ०७८ मा पनि भिजिट भिसा र यसबाट निम्तिएको समस्या समाधानका लागि गठन कार्यदलको प्रतिवेदन पनि अहिलेकै जस्तो जम्बो टोली रहेको भन्दै गृहमन्त्रालयको कामप्रति प्रश्न गरिन्। 

'कोरोनापछिको समयमा दुबईमा नेपालीहरू भिजिट भिसामा बिचल्ली परेपछि गठिक त्यो कार्यदल र अहिलेको कार्य दलमा केहि फरक छैन, निकाश दिएको अवस्था छैन। कर्मचारीले मात्रै सल्टाउन सक्दैन। यसको जालो ठूलो छ र यो प्रणाली नै रिफर्मको पनि विषय हो। त्यसैले त हामीले संसदीय छानबिन समिति मागेका हौँ, वा उच्च स्तरीय आयोग मागेका हौँ। फेरि पनि त्यस्तै कार्यदल बनाएर सरकारले कसको आँखामा छारो हालेको?,' उनले भनिन्, 'अझै व्यक्ति केन्द्रित भएर सरकारसम्म डराउने? एक व्यक्ति केन्द्रित भएर सिंगो सरकारले जनताको पिडा नसुन्ने नै हो त? किन डराएका छैनन तस्करहरू? स्पेनको केस ले त त्यहि भन्छ।' 


  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad