राजनीति


छाउगोठमा राख्नेलाई कारबाही गर्न सांसद सिंहको माग

छाउगोठमा राख्नेलाई कारबाही गर्न सांसद सिंहको माग

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८२ आइतबार १३:५७, काठमाडौँ

सांसद अमरेशकुमार सिंहले छाउगोठमा राख्नेलाई कारबाही गर्न माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले छाउगोठमा राखेकै कारण कञ्चनपुरकी २८ वर्षीया कमला दमाईको मृत्यु भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका हुन्।

मुलुकी ऐनमा समेत छाउपडीमा राख्ने वा अन्य कुनै भेदभाव गर्नेमाथि कारबाहीको व्यवस्था रहेको भन्दै तीनवटै सरकारलाई उनले प्रश्न गर्दै भने, ‘के सुदूरपश्चिममा अहिले पनि छाउपडी प्रथा रहिरनुपर्ने?’

छाउपडी देशकै लागि कलंक भएको भन्दै उनले छाउँगोठमा राख्नेलाई कारबाही गर्न माग समेत गरे।

‘जसले यो काम गरेको छ, तिनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ सांसद सिंहले भने, ‘यो हाम्रो लागि ठूलो कलंक हो। यो कलंक देशको माथि हो। लोकतन्त्रमाथि हो।’

कञ्चनपुरको कृष्णपुर–१ मा छाउगोठमा बसिरहेकी २८ वर्षकी कमला दमाईको शनिबार सर्पको टोकाइबाट निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad