ad ad

राजनीति


ओली भन्छन् : सभापति हुँदाहुँदै अरुले बोल्न मिल्छ?, देउवाको जवाफ : उहाँलाई नै सोध्नुस्

ओली भन्छन् : सभापति हुँदाहुँदै अरुले बोल्न मिल्छ?, देउवाको जवाफ : उहाँलाई नै सोध्नुस्

नेपालखबर
असार २५, २०८० सोमबार १५:२, काठमाडौँ

केही दिनदेखि जारी संसद्को गतिरोध हटाउन सोमबार दिउँसो तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ।

आइतबार भएको वार्तामा सहमति जुटेर पनि भाँडिएपछि सोमबार दिउँसो पनि तीन शीर्ष नेता जुटेर संसद्को गतिरोध फुकाउन तयार भएका छन्। 

संघीय संसद्‍का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेका बेला सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच वार्ता भएको हो।

उक्त वार्ताबाट संसद्‍मा प्रधानमन्त्री प्रचण्डको सम्बोधन सुन्न एमाले तयार भएको बताइएको छ। त्यसबारे ब्रिफिङका लागि अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाएका छन्। 

तर सिंहदरबारमा तीन नेताको वार्तापछि बाहिरिने क्रममा ओली र देउवाले पत्रकारहरुसँग पन्छिन एकअर्कालाई देखाएका छन्। 

प्रधानमन्त्रीको कार्यालयबाट एकसाथ निस्किएका ओली र देउवा दुवैतिर बैठकमा के भयो भनेर पत्रकारहरुले प्रश्न तेर्स्याए।

बैठकमा के भयो भनेर पत्रकारले सोधेपछि ओलीले सँगै रहेका कांग्रेस सभापति देउवातिर इशारा गर्दै उतै सोध्न भने। 

पत्रकारले केही त बोलिदिनुस् भनेपछि ठट्यौली शैलीमा ओलीले जवाफ फर्काए-सभापति बोल्न खोज्दै हुनुहुन्छ, सभापति हुँदाहुँदै अरुले बोल्न मिल्छ? त्यसपछि फेरि पत्रकारले भने : हजुर त अध्यक्ष हो, बोलिदिनु पर्‍यो।

ओलीले टार्दै पन्छिएपछि पत्रकारबीच ठट्टाको वातावरण बन्यो। प्रधानमन्त्रीको कार्यालयको खुट्किलोबाट ओर्लिँदै गर्दा पत्रकारले त्यही प्रश्न देउवालाई पनि तेर्स्याए।

देउवाले पनि हातले ओलीतिर इशारा गर्दै उहाँलाई नै सोध्न भने। पत्रकारले देउवालाई सोधे, ‘बैठकमा के के भयो छलफल?’, त्यसपछि देउवाले ओलीतिर इशारा गर्दै भने, ‘उहाँ नै बोल्नुहुन्छ।’

देउवाले पनि ओलीलाई देखाउँदै आफूहरुको प्रश्न टार्दै कारतिर चढ्न गएपछि पत्रकारहरुबीच फेरि खासखुस चल्यो। दुवै नेता पन्छिएर हिँडेपछि पत्रकार पनि त्यहाँबाट तितरबितर भए। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .