आइतबार सिंहदरबारमा जुटेको सहमति नयाँ बानेश्वर पुग्दा भाँडिएपछि स्थगित भएको संसद् बैठक खुलाउन तीन दलका शीर्ष नेताहरूबीच सोमबार पनि छलफल भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री प्रचण्डले संसद् खुलाउनेबारे छलफल गरेका हुन्।
यदी समझदारी नभाँडिए सकारात्मक छलफल गर्दै नेताहरू उठेका छन्।
‘यहाँबाट सहमति भएर नेताहरू उठ्नुभयो। हिजोकै स्पिरिटमा पीएमले बोल्ने प्रतिपक्षीले खोल्ने भन्ने सहमति भएको छ,’ सोतले नेपालखबरसँग भन्यो, ‘अहिलेसम्मको घटनाक्रमकाबारे समीक्षा पनि भयो। यस्ता कुरा लिएर आरोप प्रत्यारोप नगरौं, संसद खोलेर जाऔं। भनेर उहाँहरु उठ्नुभयो।’
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ। प्रचण्डले आइतबार आफू सम्बोधन गर्ने र त्यो सम्बोधन सुनेर संसद खुलाउन प्रतिपक्षी दलका अध्यक्ष ओलीलाई आग्रह गरेका थिए।
तर, पछि एमाले आफ्नो सहमतिबाट पछि हट्दै नयाँ सर्त अघि सारेको थियो।
आजको छलफलमा पनि यस्ता विषयमा विवाद नगरी संसद खुलाउन प्रतिपक्षीलाई प्रधानमन्त्रीले आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया