ad ad

राजनीति


ओलीको दाबी- भारत भ्रमणका क्रममा प्रचण्डले ‘रअ’ प्रमुखसँग गोप्य भेट गरे

ओलीको दाबी- भारत भ्रमणका क्रममा प्रचण्डले ‘रअ’ प्रमुखसँग गोप्य भेट गरे

स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओली (तस्बिर : सचिवालय)


नेपालखबर
असार २२, २०८० शुक्रबार १५:३१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘रअ’का प्रमुखलाई गोप्य रुपमा भेटेर निमन्त्रणा दिएको दाबी गरेका छन्। 

शुक्रबार स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूले सार्वजनिक रुपमा भेटेपनि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा निवासमै पुगेर भेट गरेको खुलाएका हुन्। 

‘भारतबाट ‘रअ’का प्रमुख नेपाल आए, म सँग भेट्छु भने। नेपाल आए। भेट्छु भन्दा मैले भेटेँ। त्यो कुरा कुनै लुकाएको छैन, मैले सार्वजनिक ढंगले भेटेँ। सार्वजनिक ढंगले फिर्ता गरेँ,’ ओलीले सम्बोधनका क्रममा भने, ‘यसपल्ट प्रचण्डजी दिल्ली जानुभयो उनको निवासमा पुगेर गोप्य निमन्त्रण दिएर आउनुभयो। मैले त्यस्तो गोप्य निमन्त्रणा गरेको होइन, उनको निवासमा गएर भेटेको होइन। मैले भेट्न आएको ठाउँमा भेटेको हो।’

साथै, उनले उक्त भेटबारे स्वीकार समेत गर्न नसकेको बताए। ‘उहाँले मान्छे लगाउनुहुन्छ, उहाँका छन् नि गुरिल्लाहरु टन्नै। तर म प्रचण्डजीलाई भन्दिन चाहन्छु, यस्ता कुराहरुको धाक हामीसँग नलाए हुन्छ।’

एमालेको उद्धेश्य नै समृद्ध नेपाल सुखी नेपाली रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .