ad ad

राजनीति


‘प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आपत्तिजनक’

‘प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आपत्तिजनक’

नेपालखबर
असार १९, २०८० मंगलबार १५:२५, काठमाडौँ

राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालको कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली गएको भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी छन्।

मंगलवारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति स्वतन्त्र र सार्वभौम सम्पन्न नेपालीका लागि आपत्तिजनक रहेको बताएकी हुन्।

उनले प्रधानमन्त्रीको कुर्सिमा बसेर राष्ट्रिय स्वाभिमानमा आँच पुर्याउने अभिव्यक्ति दिन कसैलाई छुट नभएको बताइन्। उनले यो अभिव्यक्ति फिर्ता लिँदै संसद समक्ष आएर स्पष्ट पार्न माग गरिन्।

उनले भनिन्, ‘हिजो एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति स्वतन्त्र, सार्वभौमसम्पन्न स्वाभिमानि नेपालीका लागि गम्भीर आपत्तिजनक छ। हिजो उहाँले मलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली जानुभएको भनेर कोही व्यक्ति विशेषलाई उहाँले इंकित गर्दै भन्नुभएको छ। प्रधानमन्त्रीले बुझ्नुपर्छ यो मुलुकको स्वतन्त्रता र सार्वभौमिकतालाई जोगाउन धेरै देशभक्त नेपालीले आफ्नो रगत बगाएका छन्। जीवनको आहुति दिएका छन्। प्रधानमन्त्रीको कुर्सिमा बसेर यस किसिमका राष्ट्रिय स्वाभिमानमा आँच पुर्याउने अभिव्यक्ति दिन उहाँलाई कदापी छुट दिन सकिँदैन। म यस विषयमा प्रधानमन्त्रीले सदन समक्ष आएर स्पष्ट पार्न र आफ्ना भनाई फिर्ता लिन अनुरोध गर्दछु।’

प्रधानमन्त्री प्रचण्डले सोमबार भारतीय व्यवसायी प्रितम सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन उनी धेरै चोटी दिल्ली गएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .