समाज


राशिफल ७ असार: मेषको रोकिएको काम पूरा हुने, कन्याको दिन मिश्रित, तपाईँको कस्तो?

राशिफल ७ असार: मेषको रोकिएको काम पूरा हुने, कन्याको दिन मिश्रित, तपाईँको कस्तो?

ज्यो. मेनुका दाहाल
असार ७, २०८३ आइतबार ४:३८, काठमाडौँ

आइतबार, ७ असार २०८३ (२१ जुन २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: लामो समयदेखि रोकिएका काम पूरा हुने संकेत देखिन्छ। पुराना समस्या क्रमशः समाधानतर्फ जानेछन्। अध्ययन, परीक्षा तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुन सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७२, वैदेशिक कार्यमा ७० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।

वृष: अफवाह, भ्रम वा अरूको प्रभावमा निर्णय गर्दा हानि हुन सक्छ। आलस्य र ढिलासुस्तीलाई त्यागेर अघि बढेमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। साँझपख नयाँ योजना, शुभकार्य वा महत्त्वपूर्ण अवसरको सम्भावना बन्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४४, वैदेशिक कार्यमा ६७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन: धर्म, अध्यात्म तथा समाजसेवामूलक कार्यप्रति आकर्षण बढ्नेछ। अधुरा तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा प्रगति हुने संकेत छ। अध्ययनप्रति रुचि बढ्नेछ र यात्राको अवसर प्राप्त हुन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ५८, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कर्कट: आफ्नो व्यवहार, प्रभाव र कार्यशैलीले अरूको मन जित्न सकिनेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। विशेषगरी महिला वर्ग वा आदर्श व्यक्तित्वबाट सहयोग र प्रेरणा प्राप्त हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७, व्यापारमा ६७, वैदेशिक कार्यमा ७० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। तामसिक भोजन नगर्ने।

सिंह: घुमफिर, मनोरञ्जन तथा रमाइलो कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ। कानुनी तथा न्यायिक विषयमा सकारात्मक परिणाम आउन सक्छ। आकर्षक पहिरन र व्यक्तित्वले सबैको ध्यान आकर्षित गर्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

कन्या: दिन मिश्रित परिणाम दिने खालको रहनेछ। स्वास्थ्यमा विशेषगरी खानपान र पाचन प्रणालीप्रति सजग रहनु आवश्यक हुनेछ। रोकिएका कार्य साँझतिर पुनः प्रयास गर्दा सफलता मिल्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ४८, वैदेशिक कार्यमा ४६ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला: गोपनीय रूपमा गरिएका प्रयास सफल हुनेछन्। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीबाट सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६४, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

वृश्चिक: रमाइलो तथा सुखद् यात्राको अवसर मिल्नेछ। ढिलो भए पनि अधुरा कार्य सम्पन्न हुनेछन्। साथीभाइ तथा शुभचिन्तकबाट अपेक्षित सहयोग प्राप्त हुनेछ। प्रेम तथा प्रणय सम्बन्धका लागि समय उत्तम देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५३, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

धनु: मेहनतअनुसार उपलब्धि प्राप्त हुने संकेत देखिन्छ। मानसिक चिन्ता भए पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव र अवसर दिलाउनेछ। शिक्षा, सामाजिक तथा राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: मनमा अस्थिरता तथा अधैर्यता बढ्न सक्ने भएकाले निर्णय गर्दा धैर्य आवश्यक हुनेछ। यात्राको सम्भावना छ। अध्ययन तथा शैक्षिक क्षेत्रमा अपेक्षित सफलता प्राप्त गर्न थप प्रयास गर्नुपर्ने देखिन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ४५ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: विशेष उपलब्धि हासिल गर्ने अवसर प्राप्त हुनेछ। शुभकार्य, नयाँ योजना तथा ज्ञान आर्जनका ढोका खुल्नेछन्। प्रेमी वा प्रियजनको सहयोग प्राप्त हुनेछ। धर्म, समाजसेवा तथा परोपकारप्रति झुकाव बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६८, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७३ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन: छोटो दूरीको यात्रा लाभदायक र फलदायी रहनेछ। भाग्यको साथ मिल्ने भएकाले अधिकांश कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन्। धार्मिक तथा सामाजिक महत्त्वका स्थानको भ्रमण हुन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad