नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौँको भृकुटीमण्डपमा एकता सन्देश सभा गरिरहेको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत डेढ दर्जनभन्दा बढी वामपन्थी दल मिलेर बनेको नेकपाले एकताको सन्देश दिन सभा आयोजना गरेको हो।
नेकपाका बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशले संयुक्त रूपमा सन्देश सभा आयोजना गरेको हुन्।
देशका विभिन्न स्थानपछि नेकपाले आज काठमाडौँमा एकता सन्देश सभा गरेको आयोजना गरेको हो।
सभाअघि नेकपाले रत्नपार्क,त्रिपुरेश्वर, माइतीघरलगायत स्थानबाट जुलुस निकालेको थियो।
सबै जुलुस भृकुटीमण्डप पुगेपछि सभा सुरु गरिएको हो।
सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, रामसहायप्रसाद यादव, अग्नि सापकोटा, पम्फा भुसाललगायतले सम्बोधन गर्नेछन्।
यी तस्बिरमा हेर्नुहोस् सभाअघि नेकपाले निकालेको जुलुस :






























Shares

प्रतिक्रिया