प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सदनमा दिएको अभिव्यक्तिविरुद्ध तरुण दलले खबरदारी कार्यक्रम गरेको छ। आज (सोमबार) माइतीघर मण्डलामा कांग्रेसनिकट तरुण दलले प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै खबरदारी गरेको हो।
उनीहरूले ‘राष्ट्रप्रेम स्टाटसमा हैन व्यवहारमा देखाऊ, लिम्पियाधुरा-कालापानी हाम्रो हो, देश बेच्ने गफ बन्द होस्, वीर पुर्खाको अपमान, सहँदैन नेपाल’ जस्ता नारा लगाएका थिए। साथै उनीहरूले प्रधानमन्त्रीसँग सम्बन्धित ‘मिम’ बनाएर पनि प्रदर्शन गरेका थिए।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले भारतले मात्रै होइन नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए।
















66
Shares

प्रतिक्रिया