लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका मध्येबाट ८ जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित सिफारिस समितिको कार्यालयले बिहीबार संक्षिप्त सूची प्रकाशन गरेर अन्तर्वार्ताको लागि बोलाएको हो।
सिफारिस समितिले जारी गरेको सूचनाअनुसार, गोकर्णेश्वरका सुमनमान सिंह बस्न्यात, कागेश्वरी मनोहराका जितेन्द्र धिताल, नयाँ बानेश्वरका डा. मुकुन्द प्रसाद पौड्याल, सिरहाका डा. सरोज कोइराला, महाराजगञ्जकी याडकी उक्याब, दैलेखका बखतबहादुर शाही, ललितपुरका मनोज पौडेल र बूढानीलकण्ठका मधुप्रसाद भेटुवाल संक्षिप्त सूचीमा परेका छन्।
उनीहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम सिंहदरबारस्थित अर्थ मन्त्रालयमा साउन ७ र ८ गते हुने भनिएको छ।
आज साउन ७ गते सुमन मान सिंह बस्न्यात (बिहान ११–१२ बजे), जितेन्द्र धिताल (दिउँसो १२–१ बजे), डा. मुकुन्द प्रसाद पौड्याल (दिउँसो १–२ बजे) र डा. सरोज कोइराला (दिउँसो २–३ बजे) को प्रस्तुतीकरण भएको छ।
त्यस्तै, भोलि ८ गते याङकी उक्याब (बिहान ११–१२ बजे), बखत बहादुर शाही (दिउँसो १२-१ बजे), मनोज पौडेल (दिउँसो १–२ बजे) र ई. मधु प्रसाद भेटुवाल (दिउँसो २–३ बजे)को प्रस्तुतिकरण र अन्तर्वार्ता तोकिएको छ।
Shares

प्रतिक्रिया