राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको दोस्रो दिन आज आजैपार्टीको नेतृत्व चयनका लागि चुनाबी प्रक्रिया पनि सुरु हुनेछ।
केन्द्रीय सदस्यका दाबेदारहरु प्रतिनिधिको ध्यानाकर्षित गर्न तथा भोट माग्ने हाउभाउमा देखिन्छन्।
रास्वपा महाधिवेशनको बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुँदैछ। त्यहाँ केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक र आर्थिक प्रतिवेदन पेस गरिनेछ। प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
आज दिउँसो १ बजेपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिनेछ। २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११ बजे गर्ने तालिका छ।
हेर्नुहोस् थप तस्बिर






















Shares

प्रतिक्रिया