कारोबार


नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत रिमाल पक्राउ

नेपालखबर
साउन ७, २०८३ बिहिबार १४:१३, काठमाडौँ

व्यवसायी दिपक भट्ट समेत जोडिएको मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पनि पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार खनाललाई काठमाडौँ महानगरपालिका–७, सिफलबाट पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका–७ कै बासिन्दा रिमाल नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्। 

व्यवसायी दिपक भट्टसहितलाई प्रतिवादी बनाइएको बीमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दायर भइसकेको छ। त्यही मुद्दामा फरार रहेका रिमाललाई पनि पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए। 

बिहीबार नै ब्युरोले रिमाललाई थुनछेक प्रयोजनका लागि जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराएको छ। आज बहस नभए भोलि उनीविरुद्धको थुनछेक आदेश आउनेछ। 

उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि विशेष अदालतमा मुद्दा दायर भइसकेको छ। जिल्ला अदालतमा थुनछेक आदेश आएपछि यो मुद्दामा पनि उनलाई उपस्थित गराइने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad