समाज


साइकलको ठक्करबाट बालक बेहोस भए, मरेको ठानेर १५ वर्षीया किशोरीले पोखरीमा लगेर फालिन

साइकलको ठक्करबाट बालक बेहोस भए, मरेको ठानेर १५ वर्षीया किशोरीले पोखरीमा लगेर फालिन

नेपालखबर
साउन ७, २०८३ बिहिबार ८:१९, महोत्तरी

महोत्तरीमा एक बालकको हत्यामा संलग्न भएको आरोपमा १५ वर्षीया किशोरी पक्राउ परेकी छन्। 

सम्सी गाउँपालिका- ५ पोखरभिन्डा निवासी ३ वर्षीय बालक मनिकेश कुमार यादवको हत्या गरेको आरोपमा सोही गाउँकी १५ वर्षीया एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

जिप्रका महोत्तरीका प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेका अनुसार गएको जेठ २२ गते साँझ बालकको हत्या भएको थियो। उनको शव बोरामा हालेर फालेको अवस्थामा जेठ २२ गते साँझ स्थानीय पोखरीमा भेटिएको थियो। 

प्रहरीले सार्वजनिक गरेको घटना विवरणअनुसार ती किशोरी घटना भएको दिन (जेठ २२ गते) ३० किलो रासायनिक मल साइकलको पछाडि राखेर खेततर्फ जाँदै थिइन्।

मुख्य सडकबाट भोला बाबा मन्दिरतर्फ जाने क्रममा सडकमा हिँड्दै गरेका बालक गुडिरहेको साइकलमा ठोक्किएका थिए। किशोरी पनि साइकलबाट लडेकी थिइन्। उनले उठेर बालकलाई हेर्दा बालक बेहोस अवस्थामा थिए। उनले बालकको मृत्यु भएको ठानिन्। 

घटना लुकाउने उद्देश्यले तुरुन्तै किशोरीले बोरामा बालकको शव हालेर करिब ३ सय मिटर टाढा रहेको पाखरीमा लगेर फालिन्। 

उनले पोखरीमा लगेर शव फाल्नुअघि बालकले लगाएको चाँदीको बाला निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रहरीले शंका लागेर किशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएपछि घटनाको बास्तविकता खुलेको डीएसपी गोलेले बताए। किशोरीबाट चाँदीको बाला पनि बरामद गरिएको प्रहरीले जनाएको छ। 

बालिकालाई प्रहरीले यही असार ५ गते घरबाटै नियन्त्रणमा लिएको हो। उनलाई महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर घटनाबारे थप अनुसन्धान अघि बढाएको डीएसपी गोलेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad