फोटोफिचर


बालेन्द्रले डोजर चलाएको ठाउँमा भद्रगोल! भत्किएका संरचना अस्तव्यस्त (फोटोफिचर)


रुपक चौलागाईं/विशाल कार्की
असोज १० , काठमाडौँ

काठमाडौं महानगरपालिकाले एक महिनायता महानगरभित्र नक्सापासविना बनेका भवन, पार्किङ, फुटपाथ र व्यवसायीक भवनमा डोजर चलाउँदै आएको छ। गत ६ भदौमा नयाँ बानेश्वरस्थित बानेश्वर प्जालाको भवनमा डोजर लगाएर सुरु भएको यो अभियान भित्रि सहर तथा चक्रपथमा समेत जारी छ। 

संरचनामा डोजर चलाउने सुरुवाती दिनहरुमा मेयर बालेन्द्र शाह आफैं सक्रिय भए।

काठमाडौं मल, अल्फाबिटा कम्प्लेक्स, बानेश्वर प्लाजा, शंखमुल लगायतका क्षेत्रमा आफैं अघि अघि लागेर मेयर शाहले संरचना भत्काएका थिए। त्यसपछि भने उनको निर्देशनमा नगर प्रहरकिो टोलीले संरचना भत्काउँदै आएको छ। 

यसबीचमा गोंगबु, न्युरोड, रत्नपार्क, नयाँ बानेश्वर, शंखमुल, तिनकुने, कोटेश्वर, जडिबुटी, थापागाउँ लगायतका क्षेत्रका अनाधिकृत संरचनामा महानगरको डोजर चलेको थियो। सामाजिक सञ्जालमा मेयर शाहको यो कदमलाई धेरैले स्वागत गरेका छन् भने केहीले यसको विरोध पनि गरेका छन्। फुटपाथ व्यवसायीहरुले त महानगरपालिकाको गेटमै पुगेर मेयर शाहविरुद्ध प्रदर्शन गरेका थिए। 

अहिले के हुँदैछ?
महानगरको डोजर चलेका ती क्षेत्रहरुमध्ये नयाँ बानेश्वरको बानेश्वर प्लाजामा अन्डरग्राउन्ड पार्किङ सुरु भइसकेको छ। काठमाडौं मल अगाडि भत्किएको सडक पेटी अझै बन्न सकेको छैन्। 

आइतबार दिउँसो नेपालखबरको टिम पुग्दा नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा रहेको ‘अल्फा केयर’ को स्पेस भने खालि गराइएको छ। यद्यपि अल्फा अगाडिको फुटपाथमा भने मोटरसाइकलको पार्किङ जस्ताको तस्तै थियो। 

उता, थापागाउँमा भत्काइएको संरचनामा आगडि धमाधम वाल लगाइँदै रहेछ। तिनकुने आसपासमा संरचना भत्काइएपछि पार्किङ केहीमात्रामा व्यवस्थित हुन थालेको स्थानीयले बताए। 

दसैंको चापले झनै भद्रगोल
नेपालीहरुको महान चाड दसैं आजबाट सुरु भएको छ। देशभरबाट पढाई र रोजगारीको सिलसिलामा काठमाडौं आएकाहरु धमाधम घर फर्कने तयारीमा छन्। 

राजधानीको मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, इन्द्रचोक लगायतका क्षेत्रमा निकै भीड छ। असन–इन्द्रचोक क्षेत्रका फुटपाथ हटाउँदा केही खुला देखिएपनि व्यवस्थित भने हुन सकेको छैन।

टुकुचामा अदालत!
महानगरले पार्किङ मिचेर बनाइएका व्यवसायिक संरचना, नक्सा पास विना संचालनमा आएका व्यवसाय मात्र नभई पुरातात्विक महत्वका सम्पदाहरुसमेत खोतल्ने अभियान सुरु गरेको छ।

गत ३० भदौमा दरबारर्गस्थित जय नेपाल हलको कम्पाउन्ड खोतल्दा भेटिएको टुकुचा खोला उत्खनन् कार्य गत शुक्रबारबाट रोकिएको छ। उच्च अदालत, पाटनले दिएको आदेशपछि तत्काललाई टुकुचा खोतल्ने अभियान बन्द भएको हो। टुकुचा खोतल्ने अभियान सुरु गर्दा महानगरपालिकाले २ फिटसम्म गहिरा खाल्डा खनेको छ। 

ती खाल्डाका कारण जुनसुकै बेला दुर्घटना निम्त्याउने जोखिम छ। सडक पेटिमा छेकबार नगर्दा ती खाल्डाहरुमा दुर्घटना बढ्ने जोखिम देखिन्छ। 

    हेर्नुहोस् महानगरले डोजर चलाएकाे ठाउँका केही दृश्य:

     

    नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्स। महानगरले डोजर चलाएपछि अल्फा केयर त भत्कियो तर फुटपाथमा पार्किङ अझै छ।

    अल्फाबिटा कम्प्लेक्स अगाडिको फुटपाथमा पैदलयात्रीलाई बिजुलीको तारले अल्झाउँदै।

    नयाँ बानेश्वरको बानेश्वर प्लाजामा महानगरको डोजर चलेपछि खुलेको सःशुल्क पार्किङ।

    नयाँ बानेश्वरको बानेश्वर प्लाजामा महानगरको डोजर चलेपछि खुलेको सःशुल्क पार्किङ।

    जय नेपाल हलको कम्पाउन्डमा महानगरले टुकुचा खोला खोतल्दा पारेको खाल्डो हेर्दै सर्वसाधरण।

    काठमाडौं मल अगाडि महानगरले भत्काएपछि फुटपाथ बनाउन राखिएको इँट्टा।

    काठमाडौं मल अगाडि महानगरले भत्काएपछि फुटपाथ अझै बनेको छैन। पैदलयात्रुले सडक मर्मत नहुँदा सास्ति भोग्नपरेको छ।

    न्युरोडस्थित सुरज आर्केडमा महानगरले डोजर चलाएपछि धमाधम बेसमेन्ट बनाउने कार्य भइरहेको सूचना राखिएको छ।

    न्युरोडस्थित सुरज आर्केडमा देखिएको भद्रगोल पार्किङ।

    थापागाउँका दुई घरमा डोजर चलेपछि धमाधम मर्मतको काम हुँदै।

    थापागाउँका दुई घरमा डोजर चलेपछि धमाधम मर्मतको काम हुँदै। सर्वसाधरणलाइ हिँड्न सास्ती।

    तिनकुनेमा महानगरपालिकाले डोजर चलाएपछि अहिले मर्मत कार्य जारी।

    तिनकुनेमा महानगरपालिकाले डोजर चलाएको ठाउँ।

    महानगरपालिकाको डोजर चलेपछि सडकमा राखिएको भग्नावशेष।

     

    असोज १०, २०७९, साेमबार

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 4240505 / 4241389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क

    +977 9851081116
    [email protected]

    जीवन बस्नेत
    कार्यकारी निर्देशक
    पिनाकी राय
    बिजनेश एड्भाइजर
    सविन पोखरेल
    लेखा तथा प्रशासन प्रमुख
    सुरेन्द्र रिजाल
    निर्देशक, अटो संस्करण
    ललिता तामाङ
    कार्यालय सहयोगी

    नेपालखबर टीम


    विशेष संवाददाता
    सागर न्यौपाने

    उप–सम्पादक
    खगेन्द्र गिरी
    नवराज रेग्मी
    रूपबहादुर विश्वकर्मा
    विद्यानाथ अधिकारी
    चिरञ्जीवी आचार्य

    ग्लोबल अफेयर्स संयोजक
    सन्तोष घिमिरे

    समाचार संयोजक
    ज्ञानेन्द्र खड्का

    निर्वाचन सम्पादक
    जेवी पुन मगर

    म्यागेजिन सम्पादक
    सीताराम बराल

    प्रधान सम्पादक
    पूर्ण बस्नेत
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
    ad ad