ad ad

समाज


उच्च अदालतले भन्यो- टुकुचा खोलामाथिका घर नभत्काउनू (आदेशसहित)

उच्च अदालतले भन्यो- टुकुचा खोलामाथिका घर नभत्काउनू (आदेशसहित)

फाइल तस्बिर


नेपालखबर
असोज २, २०७९ आइतबार १७:१०, काठमाडौँ

उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेको घरहरु नभत्काउन अल्पकालीन आदेश दिएको छ।

प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोला विक्रम थापाले हालेको रिटमा सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो। 

सोमबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले काठमाडौं महानगरपालिका वडा नम्बर ७ को कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रीत नपुर्याइ र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।

नारायणहिटीमुनिका टुकुचा खोलामाथि बनेका ती घरहरु जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा खोलालाई सुरुङ बनाएर त्यसमाथि घर निर्माण गरिएको भन्दै सुरुङ खनेर खोला निकालेका थिए।

जयनेपाल हलको पर्खाल भत्काएर टुकुचा खोला निकालेपछि अन्य ठाउँमाथि पनि घर बनाइएको भन्दै महानगरले भत्काउने तयारी गरिरहेका बेला उच्च अदालतले अल्पकालीन आदेश दिएको रजिष्टार ठगिन्द्र कट्टेलले नेपालखबरलाई जानकारी दिए।

यस्तो छ आदेश 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .