काठमाडौँमा आयोजित ‘द एसेन्ट समिट २०२६’ मा अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले उद्यमशीलता र नवप्रवर्तनमार्फत नेपाल-अमेरिका सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्। समिटमा १ हजार ४ सयभन्दा बढी पर्वतारोही र पर्यटन अगुवाहरू सहभागी छन्।
'हिमालमा सफलता केवल शिखरमा पुग्नु मात्र होइन, त्यो कोसँग यात्रा गरिन्छ भन्ने कुराले पनि ठूलो महत्व राख्छ,' नेपाल–अमेरिकाबीचको ७९ वर्ष पुरानो मित्रतालाई इंगित गर्दै उपविदेशमन्त्री रोजर्सले भनिन्, 'संयुक्त राज्य अमेरिका यो ऐतिहासिक मित्रतालाई गर्वका साथ अगाडि बढाउँदै भविष्यमा अझ धेरै सफलताका शिखरहरू सँगै चढ्न चाहन्छ।'
यो पनि: पर्वतारोहण सुरक्षित पार्ने प्रविधि दिन तयार छौँ: रोजर्स
अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौँमा, परराष्ट्र र सञ्चारमन्त्रीसँग गर्नेछिन् भेटवार्ता






















Shares

प्रतिक्रिया