ad ad

फोटोफिचर


बालेन एक्सनमा उत्रिँदा अल्फा बिटामा डोजर (फोटो फिचर)


सरोज बैजु
भदौ ९, २०७९ बिहिबार १७:२७, काठमाडौँ

बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्सले नक्साबिना नै बनाएको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ।

बिहीबार बिहान अनुगमनमा पुगेका बेला मेयर बालेन्द्र शाह र अल्फा बिटाका सञ्चालकबीच विवाद भएको थियो। अल्फाका सञ्चालकले भवनको नक्सा देखाउन नमानेपछि तनाव भएको थियो।

अवैध संरचना हटाउन ३५ दिने सूचना निकालिसकेकाले तत्कालै संरचना हटाउन बालेनले आग्रह गरेका थिए। 

तर अल्फाका सञ्चालकले नक्सा देखाउन अटेरी गरेका थिए। नक्सा देखाउन नमानेपछि बालेन महानगरपालिकाको कार्यालयमा पुगेर फर्किएका थिए।

नक्सा र डोजरसहित अल्फा हाउसमा पुगेका उनले तत्कालै नक्सापासबिनाको संरचना भत्काउन एक्सन लिए। 

महानगरको डोजरले अल्फाले नक्साबिना बनाएको अगाडितर्फको औषधि पसलसहितका संरचना डोजरले तोडेर भत्काइदिएको छ। 

महानगरले बुधबार काठमाडौं मलअगाडि र आरबी कम्प्लेक्स अगाडिको संरचना पनि तोडेको थियो। नक्साबिनाका संरचना हटाउन महानगरले यसअघि नै ३५ दिने सूचना निकालिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .