हरेक वर्षझैँ आज (जेठ १५ गते) पनि सरकारले काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस मनाएको छ।
१९औँ गणतन्त्र दिवस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपपति रामसहायक यादव, प्रधानमन्त्री वालेन्द्र शाहसहित उच्च पदस्थ अधिकारीहरू सहभागी भएका थिए।
तर यसपटक गणतन्त्र दिवसमा विगतका वर्षहरूमा भन्दा एउटा फरक दृश्य देखिएको छ।
त्यो हो- गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिले सम्बोधन गरे।
प्रधानमन्त्री शाह नबोल्ने भनेपछि सरकारको अनुरोधमा राष्ट्रपति पौडेलले गणतन्त्र दिवस समारोहलाई सम्बोधन गरेका हुन्।

यसअघि गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो।















225
Shares

प्रतिक्रिया