ग्लोबल


पाकिस्तानसहित यी देशको नाम लिँदै इरानका राष्ट्रपतिले भने: अमेरिका-इजरायलविरुद्ध जाग्दै छन्

पाकिस्तानसहित यी देशको नाम लिँदै इरानका राष्ट्रपतिले भने: अमेरिका-इजरायलविरुद्ध जाग्दै छन्

इरानका राष्ट्रपति मसुद पेजेस्कियान


नेपालखबर
चैत ११, २०८२ बुधबार १५:२१, काठमाडौँ

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका-इजरायलविरुद्ध विश्वका धेरै देशका जनता जागेको दाबी गरेका छन्। 

उनले बुधबार वक्तव्य जारी गर्दै पाकिस्तान, टर्की, इराक, लेबनन, इजिप्ट र अरब देशका नागरिक अमेरिका र इजरायलका 'अपराध'विरुद्ध उत्रेको जिकिर गरेका हुन्। 

‘आज हामी विश्वभरका धेरै देशका जनता जाग्दै गरेको देखिरहेका छौँ। पाकिस्तान, टर्की, इराक, लेबनन, इजिप्ट र अरब देशका जनता अमेरिका-इजरायल र उनीहरूका अपराधविरुद्ध आक्रोश व्यक्त गरिरहेका छन्’, उनले भनेका छन्, 'विश्वका स्वतन्त्र मानिस यहुदीहरूको साथमा छैनन्। यस क्षेत्रमा स्थिरता सहयोग र राष्ट्रहरूको इच्छाको सम्मानबाट मात्र सम्भव छ।'

इरानका राष्ट्रपतिको यो अभिव्यक्ति पाकिस्तानले शान्ति वार्तामा मध्यस्थता गर्ने प्रस्ताव गरेपछि आएको हो।

यसबिच युद्ध अन्त्यका लागि अमेरिकाले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे योजना पठाएको रिपोर्ट पनि सार्वजनिक भएको छ।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ। 

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्। 

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ। 

साथै इरानले गरेका आक्रमणका कारण इजरायल तथा अमेरिकी आधार रहेका खाडीका मुलुकहरूमा पनि मानवीय तथा भौतिक क्षति भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad