एक युवकले मंगलबार निर्मल निवास अगाडि ‘आत्मदाह’ प्रयास गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै रामेछापका २७ वर्षीय विशाल तामाङले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ।
तामाङले शरीरमा पेट्रोल खन्याउन खोजेपछि प्रहरीलाई उनलाई नियन्त्रणमा लिएको थियो। उनको साथबाट पेट्रोल पनि बरामद गरेको छ।
नियन्त्रणमा लिइएका उनलाई अस्पतालमा लगेर आवश्यक ‘काउन्सेलिङ’ गरेपछि आफन्तको जिम्मामा छाडिएको काठमाडौँ प्रहरी परिसर प्रवक्ता एसपी पवन भट्टराईले नेपालखबरलाई जानकारी दिए।
531
Shares

प्रतिक्रिया