ग्लोबल


अमेरिका र इरानबिच मध्यस्थता गर्न पाकिस्तान तयार छ: सहबाज

अमेरिका र इरानबिच मध्यस्थता गर्न पाकिस्तान तयार छ: सहबाज

नेपालखबर
चैत १०, २०८२ मंगलबार २०:५३, काठमाडौँ

पाकिस्तानले अमेरिका-इजरायल र इरानबिच जारी युद्ध रोक्न मध्यस्थता गर्न तयार रहेको बताएको छ। 

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले सामाजिक सञ्जाल प्लाटफर्म एक्समार्फत मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि आफ्नो देश वार्ता आयोजना गर्न तयार रहेको बताएका हुन्। 

उनले लेखेका छन्, ‘यदि अमेरिका र इरान सहमत भएमा पाकिस्तान यस द्वन्द्वको पूर्ण र ठोस समाधानका लागि वार्ता आयोजना गर्न तयार छ।’

सहबाजले मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि वार्ता गर्ने प्रयासलाई पाकिस्तानले स्वागत र समर्थन गर्ने उल्लेख गरेका छन्। 

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ। 

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्। 

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad