कर्णाली


कर्णालीको शिक्षा क्षेत्र सुधारका लागि दश वर्षीय योजना निर्माण हुँदै

कर्णालीको शिक्षा क्षेत्र सुधारका लागि दश वर्षीय योजना निर्माण हुँदै

नेपालखबर
चैत ११, २०८२ बुधबार १५:२३, सुर्खेत

कर्णाली प्रदेशको शिक्षा क्षेत्रको योजना अन्तिम चरणमा पुगेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले शैक्षिक वर्ष २०८२/०८३ देखि २०९१/०९२ सम्मका लागि दश वर्षीय शिक्षा योजना निर्माण गर्न लागेको हो। 

यसका लागि मन्त्रालयले गठन गरेको कार्यदलबाट अन्तिम मस्यौदा तयार गरी कार्यान्वयनका लागि पेस गर्ने निर्णय गरेको छ। 
 
‘समृद्ध प्रदेश र सुखारी कर्णालीबासीको प्रमुख आधारः गुणस्तरीय शिक्षाको लागि पर्याप्त लगानीमा शैक्षिक पूर्वाधार’ भन्ने दूरदृष्टीसहित योजना तयार गरिएको शैक्षिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिए। 

उनकाअनुसार ज्ञान सीप र सकारात्मक सोचयुक्त माध्यम तथा उच्चस्तरको खुशी दक्ष र प्रतिवद्ध जनशक्तिको उत्पादन गर्ने ध्येय रहेको छ। 

जसबाट कर्णालीलाई अति कम विकसित प्रदेशबाट विकासोन्मुख प्रदेशको रूपमा स्तरोन्नति हुने अपेक्षा गरिएको छ।

शिक्षा क्षेत्र योजनामा शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको माध्यमबाट विभिन्न क्षेत्रमा सक्षम नेतृत्वयोग्य मानव संशाधन विकास गर्ने उद्देश्य रहेको छ। 

यस्तै, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरबाट सीपयुक्त उद्यमशील जनशक्ति तयार हुनुका साथै सबै नागरिकका लागि साक्षरता निरन्तर शिक्षा र जीवनपर्यन्त सिकाइको अवसर उपलब्ध गराउनु रहेको छ। 

साथै, शैक्षिक क्षेत्रलाई भय, विभेद र दुर्व्यवहारमुक्त तथा सुरक्षित र विविधताअनुकुल बनाई विद्यार्थीलाई सिकाइमैत्री एवम् प्रविधिमैत्री वातावरण तयार गर्ने उद्देश्य रहेको छ। 

शिक्षा क्षेत्रलाई संवैधानिक मौलिक हकहरूको कार्यान्वयन र गुणस्तरीय एवम् जीवनपर्यन्त शिक्षालाई सुव्यवस्थित गर्न योजनाबद्ध खाकामा काम गर्न खोजिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए। 

योजनाको कार्यान्वयनका लागि आगामी दिनहरूमा मन्त्रालयको बजेट प्राथमिकीकरण हुने जानकारी दिए। 

यसबाट अबको दश वर्षमा कर्णाली प्रदेशको शैक्षिक अवस्थामा कुन स्थानमा हुने भन्नेबारे स्पष्ट खाका आएको बताए। 

योजना कार्यान्वयनका लागि केबल सरकारको योजनामात्र नभई सबैको सहयोग अपरिहार्य हुने बताए। 

यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक, शैक्षिक संघ संस्था, संघ प्रदेश र स्थानीय तह सबै निकाय जिम्मेवार बनिदिन अपील गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad