ad ad

अपराध


नक्कली शरणार्थी प्रकरण : म्याद थप्न टोपबहादुर रायमाझीलाई अदालत लगिँदै

नक्कली शरणार्थी प्रकरण : म्याद थप्न टोपबहादुर रायमाझीलाई अदालत लगिँदै

फाइल तस्बिर : पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी


नेपालखबर
जेठ १, २०८० सोमबार ७:२९, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न आज (सोमबार) अदालत लगिँदै छ। 

पक्राउ पुर्जी जारी भएपछि १० दिनदेखि फरार रायमाझीलाई प्रहरीले आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो। 

हिजै राति काठमाडौं प्रहरी परिसर ल्याइएका एमालेका निलम्बित सचिव रायमाझीलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई प्रहरीले अनुसन्धानका लागि म्याद लिने भएको हो। 

रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ। 

सोही प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण रायमाझीभन्दा अघि नै पक्राउ परेर प्रहरीको हिरासतमा पुगिसकेका छन्। रायमाझीका छोरा सन्दीप पनि सोही प्रकरणमा पक्राउ परिसकेका छन्।  

हेर्नुहोस् सम्बन्धित अन्य खबर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .