ad ad

ग्लोबल


थाइल्यान्ड निर्वाचन : सैन्य नेतामाथि विपक्षी दल भारी, सत्तापक्ष तेस्रोमा

थाइल्यान्ड निर्वाचन : सैन्य नेतामाथि विपक्षी दल भारी, सत्तापक्ष तेस्रोमा

नेपालखबर
जेठ १, २०८० सोमबार ७:३२, काठमाडौँ

थाइल्याण्ड निर्वाचनमा दुई प्रमुख विपक्षी दलले त्यहाँका सैन्य नेताहरूलाई कडा चुनौती दिएका छन्। 

स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेसम्म ९७ प्रतिशत मतगणना भएको छ। जसमा सुधारवादी दल मुभ फर्वार्ड पार्टी (एमएफी) ले १४८ र फेउ थाईले १३८ सिट जितेका छन्। प्रधानमन्त्री प्रयुत चान-ओ-चाको सेना समर्थित पार्टी ७० सिटसहित तेस्रो स्थानमा छ।

दुई सुधारवादी विपक्षी दलले लोकप्रिय प्राप्त तगरेका छन्। परिणाम चुनावअघिको सर्वेक्षणअनुसार मिल्दोजुल्दो छ।

फेउ थाई अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राद्वारा स्थापित राजनीतिक आन्दोलनको पछिल्लो पुनरावृत्ति हो, जसले दुई दशकदेखि थाई चुनावमा प्रभुत्व जमाएको छ।

तर सन् २०२० मा थाइल्याण्डको अछूत राजतन्त्रमा लोकतान्त्रिक परिवर्तन र सुधारको माग गर्दै बैंककभरि सुरु भएको युवा नेतृत्वको विरोध प्रदर्शनले सुधारवादी दल, एमएफपी तीव्र गतिमा अघि बढेको थियो। यद्यपि फेउ थाई र एमएफपी अझै पनि सत्ता कब्जा गर्न संघर्षरत छन्।

किनभने छनोटमा प्रधानमन्त्री ५०० निर्वाचित सांसद मात्र सहभागी हुँदैनन्। सैनिक निकटस्थ जुन्टाले छानेका सिनेटका अन्तिम २५० सदस्यहरूले पनि मतदान गर्नेछन्।

सन् २०१४ को सैन्य ‘कु’पछि थाइल्यान्ड मानव अधिकार उल्लंघनदेखि आर्थिक क्षयिकरणको अवस्थामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .