ad ad

समाज


बादलका छोरा प्रतीक र इन्द्रजितका छोरा निरज पनि तानिए

बादलका छोरा प्रतीक र इन्द्रजितका छोरा निरज पनि तानिए

फाइल तस्बिर


नेपालखबर
बैशाख २०, २०८० बुधबार १४:४१, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र उनकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोराहरू पनि तानिएका छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रकरणमा ५ करोडभन्दा धेरै रकम ठगीको अभियोगमा इन्द्रजित मंगलबारै पक्राउ परिसकेका छन्।

बुवा पक्राउ परेको प्रकरणमा उनका छोरा निरज राई पनि तानिएका छन्। उनीविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी थालेको छ।

त्यसैगरी पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पूर्जी जारी गरिएको छ। दुवैजनाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउन भन्दै करोडौँ रकम लिएको आरोप लागेको छ।

प्रहरीले बुधबार मात्रै भुटानी शरणार्थीको फाइल गिरोहलाई उपलब्ध गराएको आरोपमा प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ।

उनी गृहमन्त्रालयमा हुँदा भुटानी शरणार्थीको फाइल गिरोहलाई दिएको आरोप लागेको छ। उनीविरुद्ध यसअघि पक्राउ परेका इन्द्रजित र केशव दुलालले बयान दिइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .