ad ad

समाज


नक्कली शरणार्थी प्रकरण : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

नक्कली शरणार्थी प्रकरण : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

फाइल तस्बिर


नेपालखबर
बैशाख २०, २०८० बुधबार १३:४०, काठमाडौँ

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने काममा जोडिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। 

नक्कली शरणार्थी प्रकरमणमा मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल'का सुरक्षा सल्लाहकार पक्राउ परेका थिए।

त्यही प्रकरणमा जोडिएका पाण्डेलाई काठमाडौं परिसरको टोलीले बुधबार पक्राउ गरेको हो।

यसअघि पक्राउ परेका केशव दुलाल र राईको बयानका आधारमा पाण्डेलाई पक्राउ गरिएको हो। उनलाई काठमाडौं परिसरमा राखेर अनुसन्धान अघि बढाइएको छ।

पाण्डे यसअघि गृहसचिवका रुपमा कार्यरत रहने क्रममा नक्कली शरणार्थी अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको अनुसन्धानबाट खुलेको छ।

उक्त गिरोहसँग रकम लेनदेनमा उनीसमेत प्रत्यक्ष जोडिएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ। यसअघि समातिएकाहरुले पनि पाण्डेको संलग्नता पुष्टि गरेपछि उनलाई पक्राय गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .