खेल


एनपीएल २ : आठ खेल सकियो, विदेशी खेलाडीकै भर

एनपीएल २ : आठ खेल सकियो, विदेशी खेलाडीकै भर

लक्ष्मी जि.सी
मंसिर ७, २०८२ आइतबार ८:५९, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा साबिक विजेता जनकपुर बोल्ट्सले सोमबार एक खेल खेलेपछि दोस्रो चरणका खेल सकिनेछन्।

सोमबार विराटनगर किंग्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले लिग चरणको तेस्रो खेल खेल्नेछन्। 

शनिबार काठमाडौंले लिग चरणमा आफ्नो तेस्रो खेल खेलेको छ। एनपीएलको छैटौँ दिनको खेल सकिँदा जनकपुरले भने लिग चरणमा एक खेल मात्र खेलेको छ। 

जनकपुरलाई छाडेर लिग चरणको दुई खेललाई हेर्ने हो भने सुदूरपश्चिम र विराटनगर बलियो टोलीका रुपमा देखिएका छन्।

    लिगमा सहभागी ८ टोलीमध्ये जनकपुर र पोखराले भने जितको स्वाद लिन पाएका छैनन्। बाँकी अन्य ६ टोलीले जित निकालिसकेका छन्। 

    लिग चरणको पहिलो खेलमा साबिक विजेता जनकपुरलाई ५ विकेटले हराउँदै काठमाडौंले दोस्रो सिजनको एनपीएलमा शानदार सुरुवात गरेको थियो। तर तीन खेल खेल्दा काठमाडौंले दुई खेलमा लगातार हार व्यहोरेको छ।

    तर दोस्रो खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो। तेस्रो खेलमा शनिबार विराटनगर किंग्ससँग ५ विकेटको हार व्यहोरेको थियो।

    शानदार सुरुवात गरे पनि काठमाडौंले लगातार हार व्यहोरेको छ । यसले प्लेअफ सम्भावना केही कमजोर बन्ने संकेत देखिएको छ। यद्यपि काठमाडौंले अबका बाँकी चार खेलमा जित हात पार्दा र अन्य टोलीको नतिजामा भर पर्दा प्लेअफ सम्भावना छ। लगातार दुई खेलमा हार भोग्दा टोलीलाई केही दबाब भए पनि आगामी खेलमा पुनरागमन गर्ने विश्वासमा अलराउन्डर आदिल आलम छन्। 

    जारी सिजनको अहिलेसम्मको नतिजालाई आधार मान्ने हो भने सुदूरपश्चिम र विराटनगर बलियो टोलीका रुपमा देखिएका छन्। 

    हालसम्मको नतिजाले कमजोर टोली पोखरा एभेन्जर्स देखिएको छ। पोखराले लिग चरणमा लगातार दुई खेलमा हार भोगिसकेको छ।

    पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको पोखरा दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनको हार व्यहोरेको थियो। पोखराले अब बिहीबार साबिक विजेता जनकपुरसँग खेल्नेछ।

    विदेशीकै भर
    एनपीएलका आठ खेल सकिँदा फ्रेन्चाइज टोलीहरू विदेशी खेलाडीको भरमा छन्। 

    कर्णालीका मार्क वाट दोस्रो सिजनमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। करियरको पहिलो शतक प्रहार गरेका मार्क वाटले यो क्षणलाई विशेष मान्दै कर्णालीलाई नै शतक ‘डेडिकेट’ गरे। 

    एनपीएलको अंक तालिकालाई हेर्ने हो भने समान ४ अंकमा लगातार दुई खेलमा जित हात पारेका सुदूरपश्चिम शीर्ष र विराटनगर दोस्रो स्थानमा छन्।

    एक खेलमा जित र दुई खेलमा हार भोगेको विराटनगर २ अंकमा तेस्रो स्थानमा छ। समान २ खेलबाट एक खेलमा जित र एक खेलमा हार भोगेका लुम्बिनी चौथो, चितवन पाचौँ र कर्णाली छैटौँ स्थानमा देखिएको छ। 

    एक खेलमा हार भोगेको जनकपुर अंकविहीन रुपमा सातौँ स्थानमा रहँदा लगातार दुई खेलमा हार भोगेको पोखरा पुछारमा छ।

    ८ खेलका हार र जित

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad