खेल


लुम्बिनीको लज्जास्पद हार, मार्क वाटको शतकमा कर्णालीको सहज जित

लुम्बिनीको लज्जास्पद हार, मार्क वाटको शतकमा कर्णालीको सहज जित

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
मंसिर ६, २०८२ शनिबार १४:७, काठमाडौँ

प्रारम्भिक ब्याटर मार्क वार्टको शतकमा कर्णाली याक्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा कर्णालीले १२.२ ओभरमै लुम्बिनीलाई नौ विकेटले पराजित गरेको हो। कर्णालीको यो पहिलो जित हो। 

लुम्बिनीले भने दोस्रो खेलमा हार व्यहोरेको हो। लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो। 

त्यस्तै, २० बलमा दुई चौका र एक छक्का प्रहार गरेका विलियम बसिस्टो २९ रनमा अविजित रहे। दोस्रो विकेटका लागि मार्क र विलियमले एक सय २३ रनको साझेदारी गरे। 

त्यसअघि ओपनर प्रियांक पञ्चल १० बलमा एक चौका र एक छक्का सहयोगमा १२ रन बनाउँदा शेर मल्लको बलमा जोनाथन स्मिथको हातबाट क्याच आउट भए। 

लुम्बिनीले दिएको एक सय ५६ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको छ। लुम्बिनीका लागि मार्क वाटले ४१ बलमा पाँच चौका र १० छक्काको सहयोगमा शतक पूरा गरे। एनपीएलको दोस्रो सिजनमा बनेको यो पहिलो शतक हो। मार्क ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गर्दै एक सय १४ रनमा अविजित रहे। 

लुम्बिनीका लागि शेर मल्लले एक विकेट लिए। अन्य बलर महंगा सावित भए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले आठ विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए। उनले ४३ बलमा चार चौका र दुई छक्का प्रहार गरे। 

त्यस्तै, १३ बलमा दुई चौका र एक छक्काको सहयोगमा २३ रन बनाएका जोनाथन स्मिथ नन्दन यावदको बलमा क्याच आउट भए। रुवेन ट्रम्पलम्यान २९ र शेर मल्ल सात रनमा अविजित रहे।  रुवेनले १४ बलमा एक चौका र तीन छकका प्रहार गरे। 

ओपनर डार्सी सर्ट १४ बलमा चार चौका सहयोगमा १९ रन बनाउँदा गुल्सन झाको बलमा प्रियांक पञ्चलको हातबाट क्याच आउट भए।

अर्का ओपनर सन्दीप जोरा एक रनमा नै नन्दन यादवको बलमा विलियम बसिस्टोको हातबाट क्याच आउट भए। समिर अली एक रनमा नै पेभेलियन फर्किए।

गुल्बदिन नैब सात रन बनाउँदा विपिन शर्माको बलमा एलबीडब्लुको धरापमा परे। दिलीप नाथ ६ रनमा आउट भए। 

कर्णालीका लागि नन्दन यादवले दुई, सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए।

अब अर्को खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज भिड्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad