पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय भलिबल टोली सेमिफाइनल दौडबाट बाहिरिएको छ।
शुक्रबार भएको तेस्रो खेलमा पाकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएपछि नेपालको सेमिफाइनल खेल्ने सम्भावना सकिएको हो।
पाकिस्तानको इस्लामावादमा भएको एकपक्षीय खेलमा नेपाल पाकिस्तानसँग २५-१४,२५-१८ र २५-१० ले पराजित भयो।
नेपाल श्रीलंका र काजकस्तानसँग समान ३-२ को सेटमा पराजित भएको थियो।
नेपालले आइतबार बंगलादेश र सोमबार उज्वेकिस्तानसँग खेल्ने तालिका छ।
च्याम्पियनसिपमा नेपालसहित आयोजक पाकिस्तान, काजकस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरी ६ टोली सहभागी छन्।
च्याम्पियनसिपमा सबै टोलीको खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।

प्रतिक्रिया