नेपाल भलिबल लिग (एनभीएल) टोली कर्णाली शिवराजले महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
कर्णालीले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै हमाललाई एम्बेसडरका रूपमा सार्वजनिक गरेको हो। हमालले आफू राष्ट्रिय खेल भलिबलमा जोडिन पाएकोमा खुसी व्यक्त गरे।
शिवराजले मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटलाई फेस अफ कर्णालीका रूपमा सार्वजनिक गर्यो।

कर्णाली प्रदेशमा जन्मिएका राष्ट्रिय टोलीका सदस्य प्रगति नाथ र कामना बिष्ट क्विन अफ कर्णालीका रूपमा रहेका छन्।
कार्यक्रममा कर्णालीले आफ्नो आधिकारिक थिम गीतसमेत सार्वजनिक गरेको छ। सुरेश अधिकारीको रचना र संगीत रहेको थिम गीतलाई कृष्ण विकले स्वर दिएका छन्।
कर्णालीले भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टलाई मेन्टरका रूपमा लिएको छ।


प्रतिक्रिया