काठमाडौँको तारकेश्वर नगरपालिका–९, शुभकामना चोककी ४५ वर्षीय रश्मी रिजालले कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, उनी साउन ८ गते बिहान ७ बजे हराएकी थिइन्। उनको खोजीका लागि परिवारजनले प्रहरीमा खबर गरेका थिए।
खोजबिनमा रहेको प्रहरीले टोलीले शनिबार तारकेश्वर नगरपालिका–१, कालेबासे चुनदेवी बालुवा प्रशोधन केन्द्रमा मृत भेटिएकी हुन्। प्रशोधन केन्द्रमा राखिएको बा.ई. ०३१० नम्बरको ईभी कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, उनी नक्लासस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडको रुपमा कार्यरत थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
798
Shares

प्रतिक्रिया