खेल


विराटनगर लगातार विजयी, काठमाडौँको दोस्रो हार

विराटनगर लगातार विजयी, काठमाडौँको दोस्रो हार

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
मंसिर ६, २०८२ शनिबार १८:४२, काठमाडौँ

विराटनगर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ भने काठमाडौँ गोर्खाज दोस्रो खेलमा पनि पराजित भएको छ। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार विराटनगरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको हो। काठमाडौँले दिएको १३५ रनको लक्ष्य विराटनगरले पाँच विकेटको क्षतिमा १७.१ ओभरमा सहजै पूरा गरेको छ। 

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो।  काठमाडौँले भने पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो। 

विराटनगरका लागि मार्टिन गप्टिल २५ रन बनाउँदा शाहब आलमको बलमा जेरहार्ड इरासमसको बलमा क्याच आउट हुन पुगे। ओपनर जर्ज मुन्सी ३६ रन बनाउँदा साहब आलमको बलमा एलबीडब्लुको धरापमा परे। 

त्यस्तै, बसिर अह्मद १९ रन बनाउँदा जेरहार्ड इरासमसको बलमा क्याच आउट भए। लोकेश बम १४ रन बनाउँदा करण केसीको बलमा सन्तोष यादवको हातबाट र नरेन भट्ट २५ रन बनाउँदा सन्तोष यादवको बलमा करण केसीको हातबाट क्याच आउट हुन पुगे। शुभम रन्जाने ६ र सन्दीप लामिछाने नौ रनमा अविजित रहे। 

काठमाडौँका लागि शाहब आलमले दुई विकेट लिए। करण केसी, जेरहार्ड इरासमस र सन्तोष यादवको नाममा एक–एक विकेट रह्यो। 
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको काठमाडौँले ६

विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो। काठमाडौँका लागि आदिल आलमले बनाएको ४८ रन नै सर्वाधिक रह्यो। उनले २५ बलमा चार चौका र दुई छक्का प्रहार गरे। 

वेन चार्ल्सवर्थले ३२ रन बनाए। सन्तोष यादवले २६ रन थपे। जेरहार्ड इरासमसले १० रन बनाए। 

विराटनगरका लागि मर्चेन्ड डे लाङ्गेले दुई विकेट लिए। शुभम रन्जाने, सन्दीप लामिछाने र सूर्य तामाङले एक-एक विकेट लिए। 

आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई नौ विकेटले हराउँदै एनपीएलमा पहिलो जित दर्ता गरेको थियो। 

एनपीएलमा अब सोमबार दुई खेल हुनेछन्। सोमबारको पहिलो खेलमा बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्नेछन्। दोस्रो खेलमा अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स खेल्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad