कारोबार


हिजो हालसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको मूल्य आज कति?

हिजो हालसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको मूल्य आज कति?

नेपालखबर
मंसिर ७, २०८२ आइतबार ५:१३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। 

अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो मुद्राको कारबार सोही मूल्यमा हुनेछ। यी सबै मुद्राको मूल्य हिजो बढेको थियो। 

आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। 

हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा छ। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३० पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा छ। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ९७ पैसा छ। 

आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा छ। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad