म्यानचेस्टर सिटीका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले इटालीको मुख्य प्रशिक्षक बन्ने प्रस्तावलाई अस्वीकार गरेका छन्।
ग्वार्डिओलाले व्यक्तिगत जीवनमा ध्यान केन्द्रित गर्ने भन्दै इटालीको मुख्य प्रशिक्षक बन्ने प्रस्तावलाई अस्वीकार गरेका हुन्।
१० वर्ष सिटीमा बिताएका ग्वार्डिओलाले अझै केही समयपछि मात्रै फुटबलमा फर्कने बताएका हुन्।
इटालीले यसअघि कार्लो एन्सेलोटीलाई मुख्य प्रशिक्षकका लागि प्रस्ताव गरे पनि उनले ब्राजिलका मुख्य प्रशिक्षकमा नै निरन्तरता दिने बताएका थिए।
लगातार तीन वटा विश्वकपमा छनोट हुन असफल भएपछि इटालीले खेल जगतका सर्वाधिक सफल प्रशिक्षकमध्ये एकलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ।
सोहीअनुरूप इटालीयन फुटबल महासंघले ग्वार्डिओलालाई भारी तलब र आफू अनुकूल ढंगले काम गर्न स्वतन्त्रता दिने प्रस्तावसमेत गरेको बुझिएको छ। तर उनले केही समय लिएर सो प्रस्ताव अस्वीकार गरेका हुन्।
ग्वार्डिओलाले प्रस्ताव अस्वीकार गरेपछि इटालीका पूर्व प्लेमेकर आन्द्रेया पिर्लो नेसन्स लिगमा इटालीलाई अघि बढाउने र युरो २०२८ का लागि छनोट गराउने जिम्मेवारी पाउने दाबेदार बनेका छन्।
Shares

प्रतिक्रिया