ad ad

समाज


सिम्रिककै हेलिकोप्टरबाट दुर्घटनाका घाइते काठमाडौंमा (तस्बिरहरू)

सिम्रिककै हेलिकोप्टरबाट दुर्घटनाका घाइते काठमाडौंमा (तस्बिरहरू)

घाइतेहरुलाई मेडिसिटीमा झारिँदै। तस्बिर : सरोज बैजु


सरोज बैजु
बैशाख २२, २०८० शुक्रबार १८:५३, काठमाडौँ

संखुवासभाको भोटखोला–४ मा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाकाा घाइतेहरुलाई शुक्रबार नै काठमाडौं ल्याइएको छ।

घाइते भएकामध्ये एक जनाको भने संखुवासभामै ज्यान गएको छ। दुर्घटनाका घाइते भविन गुरुङको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले बताए।

उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएपछि तुम्लिङटार विमानस्थल लगिएको थियो। तुम्लिङटारबट शव पोस्टमार्टमका लागि खाँदबारी अस्पताल लगिएको छ।

अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा उक्त हेलिकोप्टर दुर्घटना भएको थियो। 

दुर्घटनाका घाइतेहरु पाइलट सुरेन्द्र पौडेल, अरुण हाइड्रोका कर्मचारी मनोज थापा र चालक दलका सदस्य छिरिङ भोटेलाई सिम्रिककै हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। 

हेलिकोप्टरबाट हामफालेर बाँचेका विक्रम शंकर भने सामान्य घाइते छन्। उनको खाँदबारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको थियो।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .