मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बुधबार राति १०:३० बजे) लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।
पछिल्लो एक घण्टामा सबैभन्दा बढी पाल्पा जिल्लाको अर्चले भन्ने केन्द्रमा ४१.६ मिलिमिटर वर्षा भएको छ।
साथै आज राति कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हुरीको सम्भावना छ।
साथै आज राति कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया