समाज


सिम्रिकको हेलिकोप्टर दुर्घटना : पाइलटसहित दुईजना गम्भीर घाइते

सिम्रिकको हेलिकोप्टर दुर्घटना : पाइलटसहित दुईजना गम्भीर घाइते

दुर्घटनामा परेको हेलिकोप्टर। तस्बिर : वाङ भोटे


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १४:२०, काठमाडौँ

अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्। 

सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ भोटेले जानकारी दिए।

उनका अनुसार अप्पर अरुण हाइड्रोको सामन लाने क्रममा हेलिकोप्टर बारीको पाटामा खसेर दुर्घटना भएको हो। 

भोटेले हेलिकोप्टरमा सवार २ जना गम्भीर घाइते भएको जानकारी दिएका छन्। उनका अनुसार घाइते हुनेमा पाइलट सुरेन्द्र पौडेल पनि छन्।  

त्यसैगरी हेलिकोप्टरमा सामान ढुवानीमा संलग्न संखुवासभाकै चेपुवाका छिरिङ भोटे, भोटखोलाकै भविन गुरुङ र अर्का नाम नखुलेका व्यक्ति सवार थिए।

उनीहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुग्दैछ। उपचारमा काठमाडौं लाने तयारी भएको भोटेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .