कारोबार


संखुवासभा हेलिकोप्टर दुर्घटना : घाइतेलाई काठमाडौं ल्याइयो

संखुवासभा हेलिकोप्टर दुर्घटना : घाइतेलाई काठमाडौं ल्याइयो

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १५:५, काठमाडौँ

संखुवासभामा हेलिकोप्टर दुर्घटनामा परेका घाइतेलाई काठमाडौं ल्याइएको छ। सेनाको हेलिकोप्टरले २ जना घाइतेलाई काठमाडौं ल्याएको हो। 

लुक्लाबाट सिम्रिकको हेलिकोप्टर पनि घटनास्थलमा पुर्‍याइएको थियो। दुर्घटना भएको स्थल भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तमाङले घाइतेलाई उद्धार गरिएको जानकारी दिए। 

‘गाउँ नजिकै दुर्घटना भएको थियो। स्थानीय, जनप्रतिनिधि प्रहरी र नेपाली सेना समयमै पुगेर उद्धार गरे’, वडा अध्यक्ष तामाङले भने,‘उद्धार गरी घाइतेलाई काठमाडौं लगिएको छ।’
 

१ बजेर १० मिनेटमा हेलिकप्टर दुर्घटना भएको उनले बताए। दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .