सरकारले सप्तरीको राजविराजस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण गर्न ५० करोड विनियोजन गरी टेन्डर प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। प्रतिष्ठानका लागि आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएको छ।
पूर्वाधार निर्माण कार्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार २२ गते अनलाइनमार्फत शिलान्यास गरेपछि सुरु गर्ने घोषणा भएको थियो। तर पर्यावरण प्रभाव मूल्यांकन रिपोर्ट (ईआईए) नहुँदा काम रोकिएको थियो।
हाल उक्त ईआईए रिपोर्ट स्वीकृत भएपछि बजेट उपलब्ध गराइ टेन्डर प्रक्रिया अगाडि बढाइएको छ।
१६ पुस २०७५ मा मन्त्रिपरिषद्ले प्रतिष्ठान स्थापना गर्ने निर्णय गर्दा नगरपालिकाले ३० वर्षका लागि ६२ बिघा जग्गा उपलब्ध गराएको थियो।

प्रतिक्रिया